मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडाैं | पुस ३, २०७९

मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौंः   फिफा विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २-१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो । पराजित मोरक्को चौथो भएको छ ।


क्रोएसियाको जितमा जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक/एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौंँ मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको नवौँ मिनेटमा नै दारीले गोल गरी मोरक्कोलाई बराबरीमा ल्याए ।


क्रोएसियाका सोरिसिचले खेलको ४२ औँ मिनेटमा गोल थपे । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल हुन सकेन । सेमिफाइनलमा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३-० गोल र मोरक्को साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो । उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्